गुणस्तरहीन काम गरेर भ्रष्टाचारमा संलग्न जलेश्वरका मेयर, उपमेयरसहित १२ जनाविरुद्ध मुद्दा

२७ वैशाख, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर, उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जलेश्वर नगरपालिका–१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा आज अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेमा मेयर सुरेश साह सेनार, उपमेयर रौशन खातुन र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वडा नं १ का अध्यक्ष अनिलकुमार झा छ ।

यस्तै, अधिकृत छैटौं धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सब–इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष संतोषी देवीविरुद्ध मुद्दा परेको छ ।

उनीहरुलाई ५ लाख ८४ हजार बिगो असुल्न अख्तियारले मागदाबी गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment