देशकै अग्रणी तथा ठूलो आइपी टिभी सेवा प्रदायक क्यारो टिभी नेपाल सञ्चालनमा

२६ वैशाख, काठमाडाैं । देशकै अग्रणी तथा ठूलो आइपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपाल सञ्चालनमा आएको छ ।

आइपी टिभी सेवा प्रदायक कम्पनी क्यारो टिभी नेपालले सर्वाधिक आइपी टिभी च्यानल सेवा सुचारु गरेको हो । जसमा २०० प्लस लाइभ एचडी र एसडी च्यानल जसमा खेलकुद, समाचार, सुचानात्मक लगायत मनोरन्जनात्मक च्यानल समावेश गरिएको छ ।

युटूब सपोर्ट गर्ने स्मार्ट सेट टप बक्स जसमा उत्कृष्ट भिडियो सामाग्री संगैको सुबिधा क्यारो टिभी मार्फद संचालन गरिएको हो । कम्पनिका अनुसार स्मार्ट सेट टप बक्स जसमा गुणस्तरीय भिडियो फोर के पज र प्ले जस्ता सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकको आवश्यकता लाई मध्यनजर गर्दै सुलभ तथा सुपथ मुल्यामा नेपालको सबै मुख्य शहरहरुमा आइपी टिभी सेवा संचालन गरिसकेको कम्पनीले जनाएको छ ।

आधुनिक युगको आवाश्कता साथै ग्राहकवर्गको चाहानालाई ध्यानमा राख्दै कम्पनीको सेवा काठमाडौँ उपत्यकामा सबै ठाउँमा, पूर्वमा विर्तामोड सम्म, पश्चिममा नेपालगंज सम्म, पोखरा देखि बिरगंज लागायत नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध रहेको छ । साथै क्यारो टिभी को सेवा २४ घण्टा सुचारु हुदै आएको छ । आइपी टिभी जगतमा नै क्यारो टिभी ले नौलो सुरुवात गरेको कम्पनिको दाबि रहेको छ ।

भर्खरै सुरुवात गरेको नयाँ प्याकेज अफर अन्तर्गत अब ग्राहकले १ वर्षको आइपी टिभी अफरमा १२ महिना बोनस, जम्मा २४ महिना आइपी टिभी संगै फ्री स्मार्ट सेट टप बक्स र फ्री पाँच जी डुअल ब्यान्ड राउटरको साथै २०० एमबिपिएस उच्च गति इन्टरनेट पनि पाउने छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment