मिस डिवाइन ब्युटी नेपाल र मिसेस गोकर्णश्वर पेजेन्ट नेपालको ग्रान्ड फिनाले सम्पन्न

3 2,214

लक्ष्मण फुयाल

०६ बैशाख, काठमाडौं । ट्रिवल फेसन कन्सर्न प्रालीद्वारा मिस डिवाइन ब्युटी नेपाल २०२१ र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिताको ग्रान्ड फिनाले सम्पन्न भएको छ ।

ट्रेवल फेसन कन्सर्न प्रालीको तथा काठमाडौं स्थित गोकर्णश्वर नगररपालिकाको सहकार्यकमा कार्यक्रम आयोजना भएको हो । प्रतियोगितामा दुई विधागत रुपमा १८ जना प्रतिस्पर्दीहरुहरु सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सहभागि मध्ये मिस डिवाइन ब्युटी नेपालमा २०२१ मा १० जनाले प्रतिस्पर्दा जनाउदा मिस डिवाइन ब्युटी नेपालमा २०२१ को ताज सपना लामाले जित्न सफल भएकी छन् । भने प्रतियोगितामा फ्रस्ट रनर अप निसा घटराज हुन सफल भइन् । सेकेन्ड रनर अपमा  सत्विशा ओझा भएकी छिन् ।

कार्यक्रमको अर्को विधामा मिसेस गोकर्णश्वर पेजेन्ट नेपालमा२०२१ मा सहभागि ८ जना प्रतिस्पर्दीहरु मध्ये मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१को ताज नविना शाही हुन सफल भइन भने फ्रस्ट रनर अपमा बविता दुलाल र सेकेन्ड रनर अपमा सुजता प्रधान हुन सफल भएको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र श्रेष्ठले डिजिटल खबरलाई जानकारी दिनुभयो ।

ग्रान्ड फिनाले काठमाडौं जोरपार्टी स्थित पिस बैङ्क्वेटमा सम्पन्न भएको हो । ग्रान्ड फिनालेमा गोकर्णश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख आतिथ्यता गर्नु भएको थियो ।

कार्यक्रम गोकर्णश्वर विशेष अतिथिका रुपमा गोकर्णश्वर नगरपालिका प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, गोकर्णश्वर नगरपालिकाका सल्लाकार दिपक रिजाल लगायत गोकर्णश्वर नगरपालिका वडा ०८ का अध्यक्ष मनोज कुमार ढुंगाना, वडा ०६का रमेश अर्याल लगायत समाजिक अभियान्त कलाकार पत्रकारहरु लगायत विशिष्ठ व्यक्त्तिहरु उपस्थित रहेको आयोजका ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो ।

उक्त प्रतियोगिताको आयोजना ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा सञ्चालन गरेको थियो । प्रतियोगिताको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा संयोजकका रुपमा शैलेन्द्र श्रेष्ठ रहेका छन् भने कार्यक्रमका संयोजक सिमरन श्रेष्ठ, कार्यक्रम स्पोन्सर संयोजकमा नन्दलाल श्रेष्ठ, कोरीयोग्राफरमा काजोल राई तथा कार्यक्रम संयोजक सरु धिमाल लगायतका व्यक्त्तिहरु रहेका छन् ।

प्रतियोगितामा विजेताहरुले उत्कृष्ठ पुरस्कारको नगरपालिका मेयर सन्तोष चालिसेले बितरण गर्नु भएको थियो । कार्यक्रम फेसन सो तथा विभिन्न संगितिक कार्यक्रम र मनोरञ्जनात्मका कार्यक्रम भएको आयोजकले जानकारी दिएको छ ।

विगतमा पनि यस ट्रेवल फेसन कन्सर्न प्रालीले फेसनसंग सम्वन्धित धैरै कार्यक्रमहरु आयोजना गरिसकेको छ । यो कम्पनी सन् २००१ देखी निरन्तर यस्तो फेसन तथा ग्याल्मर फिल्डमा कार्यरत रहेको छ । कार्यक्रम राम्रो संग सम्पन्न भएको अव थप आगामी दिनहरुमा यस्ता प्रतियोगिताहरु सञ्चालन गर्दै लैजाने ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा सञ्चालक श्रेष्ठले डिजिटल खवरलाई भन्नुभयो । कार्यक्रम यही बैशाख ०४ गते शनिवार सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.