ट्रेवल फेसन कन्सर्न प्रालीको “द लुक” फेसन सो कार्यक्रम सम्पन्न
लक्ष्मण फुयाल
२४ असोज, काठमाडौं । ट्रेवल फेसन कन्सर्न प्रालीद्वारा (Treble Fashion Concern Pvt. Ltd.) द लुक” फेसन सो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम हिजो असोज २३ गते शनिवारको दिन काठमाडौं जोरपार्टी स्थित पिस बैङ्क्वेटमा सम्पन्न भएको हो ।
कार्यक्रमा २५ जनाको सहभागि भएको आयोजकले जनाएको छ । हामीले प्रशिक्षण कार्यक्रम ९ दिन सम्म सञ्चालन गरि आज अन्तिम १० औं दिन कार्यक्रम फिनाले गरेका छौ । कार्यक्रममार्याम्प वल्क ( ramp walk ) प्रशिक्षण सिकाएको त्यही प्रस्तुती गरेको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक शैलेन्द्र श्रेष्ठले डिजिटल खबरलाई जानकारी दिनुभयो ।
कार्यक्रमको आयोजक रुपमा ट्रेवल फेसन कन्सर्न प्राली रहेको छ । भने काठमाडौं स्थित गोकर्णश्वर नगरपालिकाले कार्यक्रममा सहकार्य तथा समन्वय गरेको छ ।
“द लुक” फेसन सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेको प्रमुख अतिथ्यतामा रहेको थियो भने कार्यक्रममा विशेष अतिथीका रुपमा हाँस्य कलाकार राजाराम पौडेल, महादेव त्रिपाठीको उपस्थिती थियो ।
साथै कार्यक्रममा विशेष अतिथिका रुपमा गोकर्णश्वर नगरपालिकाका सल्लाकार दिपक रिजाल, गोकर्णश्वर नगरपालिका वडा ०८ का अध्यक्ष मनोज कुमार ढुंगाना, कुमाराज सुवेदी लगायत सामाजिक अभियान्ता, कलाकारहरु, पत्रकार लगायत विशिष्ठ व्यक्त्तिहरु उपस्थित रहेको आयोजका ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक श्रेष्ठले बताउनुभयो ।
द लुक” फेसन सोको सञ्चालन ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा संयोजकका रुपमा शैलेन्द्र श्रेष्ठ रहेका छन् भने कार्यक्रमको संयोजक राजु श्रेष्ठ, कार्यक्रम स्पोन्सर संयोजक नन्दलाल श्रेष्ठ, कोरीयोग्राफरमा काजोल राई लगायतका व्यक्त्तिहरुको उपस्थित रहेको आयोजकले जानकारी दिनुभयो ।
कार्यक्रम कुनै प्रतियोगिता नभएतापनि कार्यक्रम ग्लोको लागि सानो इभेन्टको रुपमा भ्यूर चोइसबाट (viewer choice) अवार्ड राखिएको थियो जसमा इभेन्टमा भ्यूर चोइसबाट (viewer choice) अवार्ड आस्था पुन मगर भएकी छिन भने फ्रस्ट रनर अपमा करिष्मा पुन श्रेष्ठ तथा सेकेन्ड रनर अपमा स्वस्तिका खड्का भए ।
विगतमा पनि यस ट्रेवल फेसन कन्सर्न प्रालीले फेसन तथा ग्याल्मर सम्वन्धित धैरै कार्यक्रमहरु आयोजना गरिसकेको छ । जसमा फेसन सो कार्यक्रम अन्तर्गत मिस डिवाइन ब्युटी नेपाल २०२१, मिस र मिसेस गोकर्णश्वर पेजेन्ट नेपाल २०२१ नामक फेसन प्रतियोगिताहरु सम्पन्न गरिसकको थियो ।
यो कम्पनी सन् २००१ देखी निरन्तर फेसन तथा ग्यामरस फिल्डमा सक्रिय रुपमा कार्यरत छ । कोरोना कहरका कारण फेसन संग सम्वन्धित कार्यक्रम गर्न नपाएको तर फेरी एक वर्ष पछि हामी द लुक्क (The look ) फेसन सो कार्यक्रमा पुरा तथा व्यवस्थित रुपमा सम्पन्न गरेको ट्रेवल फेसन कन्सर्न प्रालीका सीईओ तथा कार्यक्रमका संयोजक श्रेष्ठले डिजिटल खबरलाई जानकारी दिनुभयो ।
कार्यक्रम सहयोगको रुपमा टिवेटन इन्टरन्यासनल होटेल, बेली फोटोग्राफी लगायत अनलाई मिडिया पाटनरको रुपमा डिजिटल खवर तथा सपोर्टको रुपमा पपकन मिडिया गरेका थिए ।
कार्यक्रममा फेसन सो, संगित, आधुनिक नृत्य, साँस्कृतिक नृत्य, नाटक लगायत अन्य प्रस्तुतिहरु भएको थियो । कार्यक्रमको उद्धेय अनुरुप महिला दिदि बहिनीहरुलाई अवसरको साथै मोटिभेसनको प्रशिक्षण दिएको उनले भन्नुभयो । नयाँ मोडलिङ,फिल्म,म्यूजिक क्षेत्रमा अव उहाँहरुले अव आउने दिनमा चाहाना भएको खण्डमा अवसर प्राप्त गर्न सक्नु हुन्छ ।
साथै अगामी कार्यक्रमको रुपमा कम्पनीबाट चाडै लिटल आइडल नेपाल सिजन ४ आयोजना गर्ने आयोजकले बताउनुभयो ।