सबैको र साधना लघुवित्तबीच मर्जरका लागि अन्तिम सम्झौता

१३ वैशाख, काठमाडाैं । सबैको र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ । यी दुई संस्थाबीच बुधबार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एक बराबर एक अनुपातमा मर्जरमा जाने भएका हुन् ।

मर्जर पश्चात ‘सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ भने संस्थाले नयाँ कार्यसमिति समेत पाउनेछ । मर्जरपछि केन्द्रीय कार्यालय चितवनमा रहने भएको छ ।

साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।

हाल साधनाको चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार ३४५ रुपैयाँ रहेको छ । यस्तै, सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ ।मर्जरपछि एकीकृत चुक्ता पुँजी ७० करोड ८ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment