‘ह्रस्व दीर्घ’मा यस्तो देखिनेछन् हरिहर

०५ वैशाख, काठमाडौं । ‘ह्रस्व दीर्घ’ सिनेमाले अभिनेता हरिहर अधिकारीको लुक्स सार्वजनिक भएको छ। हरिहरको जन्मदिन पारेर उनको लुक्स सार्वजनिक गरिएको हो।

सार्वजनिक पोस्टरमा हरिरहरको दुई लुक्स देखाइएको छ जसमध्ये एउटामा उनलाई लामो कपालमा छालाको ज्याकेट लगाएको आधुनिक परिधानमा देख्न सकिन्छ भने अर्कोमा निधारमा विभूत लगाएको धार्मिक ‘गेटअप’मा छन्।

असोज ११ गते रिलिज हुने सिनेमाले यसअघि निर्माणपक्षले कलाकार ब्रमानन्दमको तस्विर मात्र समावेश गरिएको पोस्टर रिलिज गरेको थियो।

चन्द्र पन्तको निर्देशनमा बनिरहेको प्रेमकथाको तेस्रो चरणको छायांकन बाँकी छ । बाँकी छायांकन मुम्बईमा हुनेछ। अभिनेता हरिरहर अधिकारीले यो सिनेमामा लेखेका हुन्। सिनेमामा कविरलालको छायांकन छ।

नायिका नीता ढुंगानाको निर्माण रहेको सिनेमामा हरिहर तथा नीताका अलावा विपना थापा, गरिमा शर्मा लगायतका कलाकारको अभिनय छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment