प्रभु बैंकका खातावालाले स्काइवाक टावर चढ्दा छुट पाउने

०४ वैशाख, काठमाडाैं । प्रभु बैंक लिमिटेडका ग्राहकहहरुले स्काइवाक टावरको टिकट खरिदमा छुट पाउने भएका छन् ।

प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रा.लि.बिच बैंकका खातावालालाई छुट दिने सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा प्रभु बैंक लिमिटेडका प्रमुख मार्केटिङअफिसर (सिएमओ) रविन्द्र ढकाल र वन्डर्स नेपाल प्रा.लि (स्काइवाक) का कार्यकारी निर्देशक पदम प्रसाद न्यौपाने हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले कमलादीस्थित वन्डर्स नेपाल प्रा.लि.को स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले टिकट खरिद गर्दा प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक पेश गर्नुपर्ने छ ।

प्रभु बैंकले यस किसिमका ग्राहक लक्षित छुट तथा अन्य सुविधा सम्झौता देशभरका विभिन्न अस्पताल, रेष्टुरेन्ट, होटल, पार्लर, डिपार्टमेन्टल स्टोरहरु लगायत अन्य व्यापारिक ईकाइहरुमा समेत गरेको छ । यसले बैंकका सेवाग्रहीलाई लाभ पुग्ने बैंकको विश्वास छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment