कुमारी बैंकको साढे ४ लाख कित्ता सेयर बिक्रीमा

०३ वैशाख, काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले लिलाम बढाबढ प्रकियाद्वारा ४ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्यूनतम प्रतिकित्ता मूल्य १०६ रुपैयाँ तोकिएको छ । संस्थापक शेयरहरु खरिद गर्ने इच्छुक जो कोही व्यक्ति संस्था वा कम्पनीले आवेदन दिन सक्ने छन् ।

बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागि १ हजारको गुणानमा वा सम्पूर्ण कित्ता खरिदको लागि आवेदन दिन पाउनेछन् ।

लगानीकर्ताले बैशाख ११ गतेभित्र कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा पुग्ने गरी आवेदन दिन सकिने छ । बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ ।

धेरै केरमेट भई कबुल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिईने छैन । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment