फाइनान्स र माइक्रोफाइनान्समा आकर्षण

२६ वैशाख, काठमाडौं । बुधबार सेयर बजार १ अंकमुनि घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ०.२१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से अघिल्लो दिनकै अंक १९६० मा कायम भएको छ । कुल २ अर्ब ५४ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन २ अर्ब १४ करोडको भएको थियो ।

फाइनान्स र माइक्रोफाइनान्स समूहमा उच्च वृद्धि देखिएको छ । फाइनान्स समूह ३.११ प्रतिशत बढ्यो भने माइक्रोफाइनान्स समूह २.७६ प्रतिशत बढ्यो । यीबाहेक ब्यापार ०.१५ तथा हाइड्रोपावर समूह ०.०२ प्रतिशत बढे ।

उत्पादन समूह १.०९, अन्य १.१५, निर्जीवन बीमा ०.१९, जीवन बीमा ०.३८, लगानी ०.४८, होटल तथा पर्यटन ०.४९, विकास बैंक ०.१७ र बैंकिङ समूह ०.२५ प्रतिशत घटे ।

इनिफिनिटी लघुवित्त वित्तीय संस्थाको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै दोल्ती पावरको ९.७४, समता घरेलु लघुवित्तको ९.६७, ग्रामीण विकास लघुवित्तको ८.२१, सिर्जनशील लघुवित्तको ७.४५, माहुली लघुवित्तको ७.२, माथिल्लो मैलुङखोला जलविद्युत्को मूल्य ७ प्रतिशत बढ्यो । त्यस्तै मैलुङखोला जलविद्युत्को ३.६९, बरुण हाइड्रोपावरको ३.११, सामलिङ पावरको मूल्य २.९८ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा फस्र्ट माइक्रोफाइनान्स, ग्रामिण विकास बैंक, हिमालयन डिस्टिलरी, प्राइम कमर्सियल बैंक संस्थापक, गोर्खाज फाइनान्स क्रमशः अगाडि रहे ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment