एचआईडिसिएलको खुद नाफा १ अर्ब ९ करोड माथि, यस्तो छ प्रगति विवरण

२६ वैशाख, काठमाडाैं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसिएल) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ९ करोड ५ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब १ करोड ५ लाख २८ हजार रुपैयाँ नाफा कमाएकोमा समीक्षा अवधिमा ७.९२ प्रतिशतले सुधार भएको हो ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीको सम्झौताबाट हुने आम्दानी बढ्नु र खर्च घट्दा मुनाफा वृद्धिमा टेवा मिलेको देखिन्छ । कम्पनीको सम्झौताबाट हुने आम्दानी ६२.६८ प्रतिशतले बढ्दा प्रशासनिक खर्च करिब १० प्रतिशतले घटेको छ ।

कम्पनीले कुल १४ अर्ब ७६ करोड रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेको छ । यस्तै उर्जा आयोजनामा ७ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ र स्वपुँजीको रुपमा ४ अर्ब ४ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ । निक्षेप लगानी १३.५४ प्रतिशत र इक्वीटी लगानी ९०.८७ प्रतिशतले वृद्धि भएको हो ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय आम्दानी ०.९३ प्रतिशतले बढेर १ अर्ब ५८ करोड ११ लाख ७४ हजार रुपैयाँ कमाएको छ । यस्तै अन्य आम्दानी २० हजारबाट बढेर १ करोड ८६ लाख रुपैयाँ र सम्झौताबाट हुने आम्दानी ६२.६८ प्रतिशतले बढेर १ करोड २६ लाख पुगेको छ । यस अवधिमा लाभांश आम्दानी भने १९.३७ प्रतिशत घटेर १ करोड ७ लाख ७३ हजारमा झरेको छ । चैतसम्म कम्पनीको प्रशासनिक खर्च १ करोड ९७ लाख १२ हजारमा झरेको छ ।

चुक्ता पुँजी २२ अर्ब ७७ लाख रुपैयाँ ४७ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ७९ करोड ८३ लाख ४७ हजार रुपैयाँ सञ्चित छ । नाफासँगै बढेसँगै कम्पनीको प्रति सेयर आम्दानी पनि सामान्य बढेर ६ रुपैयाँ ३८ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रति सेयर नेटवर्थ ११२ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.२२ गुणा छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment