सन नेपाल लाइफको सेयर मूल्य समायोजन, बिहीबार कतिमा खुल्छ कारोबार ?

२६ वैशाख, काठमाडाैं । सन नेपाल लाइफ इन्स्यारेन्सको बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ । कम्पनीले लाभांश र साधारण सभा प्रयोजनका लागि बैशाख २७ गते बिहीबार बुकक्लोज गर्दैछ । बोनसको बुकक्लोजसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ भाउ तोकेको हो ।

नेप्सेले सन नेपाल लाइफ इन्स्यारेन्सको प्रस्तावित २३.८० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४७० रुपैयाँ ९२ पैसा भाउ तोकेको छ । बुधाबार कारोबार भएको अन्तिम मूल्य५८३ रुपैयाँलाई आधार मानेर बोनस समायोजन गरिएको हो ।

यससँगै अब आज समायोजन भएको भाउलाई आधार मानेर बिहीबार कम्पनीको धितोपत्रको दोस्रो बजारमा कारोबार खुल्नेछ । बिहीबारदेखि समायोजित मूल्यमा सेयर खरिद गर्ने लाभांश पाउन र साधारण सभामा भाग लिन पाउने छैनन् ।

लाभांश पारित गर्न कम्पनीले जेठ ९ गते अमृतभोग केटरर्स कालिकास्थान, काठमाडौंमा बिहान १० बजे सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

यस्तै बोनसपछि कायम हुने चुक्ता पुँजीको २७% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा रहेको छ । यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा उपर छलफल गरी पारित हुनेछ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment