संसारको सबैभन्दा सेक्सी पुरुष हलिउड अभिनेता प्याट्रिक

२२ कार्तिक,एजेन्सी। हलिउड अभिनेता प्याट्रिक डेम्पसे सन् २०२३ मा संसारका सबैभन्दा जीवित सेक्सी पुरुष घोषित भएका छन् । प्रतिष्ठित पिपुल म्यागजिनले ‘फेरारी’ र ‘ग्रेज एनाटोमी’ अभिनेतालाई उक्त उपाधि प्रदान गरेको हो ।

म्यागजिनले बर्सेनि संसारका जीवित सेक्सी पुरुषको वर्षव्यक्ति घोषणा गर्दै आएको छ । मंगलबार राति अमेरिकामा प्रसारण भएको जिम्मी किमेल लाइभ टिभी कार्यक्रममार्फत यस्तो घोषणा गरिएको हो । आफूलाई जीवित सबैभन्दा सेक्सी मानिसको रूपमा चिनाइनुअघि डेम्पसेले छेपारो शैलीको मास्क लगाएर दर्शकसँग प्रश्नोत्तरमा भाग लिएका थिए । ‘मलाई खुसी छ कि मेरो जीवनको यस बिन्दुमा यो सबथोक भइरहेको छ,’ पिपुल म्यागजिनले यो घोषणा गर्न प्रकाशित गरेको आलेखमा अभिनेता डेम्प्सेले भनेका छन् ।

‘यस्तो चिनारी पाउँदा म हर्षित छु । स्वभाविक रुपमा मेरो अहमता केही बढेको छ । तर यसले मलाई मेरो प्लेटफर्मको सही सदुपयोग गर्ने दिशातर्फ सकारात्मक ऊर्जा दिनेछ,’ उनले भनेका छन् ।

यस्तो खाले समाचार पहिलोपटक बाहिर आउँदा कस्तो लाग्यो भनेर सोधिएको प्रश्नमा उनले हाँस्दै जवाफ दिए, ‘म पूर्ण रूपमा स्तब्ध भएँ र त्यसपछि म हाँस्न थाले, जस्तै यो मजाक हो, होइन? म दुलहीजस्तै भएको छु ।’ हलिउड स्टारहरु पेड्रो पास्कल, तिमोथी चालमेट, युसेर, जेमी फक्स, लेनी कार्भिट्जलाई पनि जीवित सेक्सी पुरुष भन्दै म्यागजिनले तस्वीर प्रकाशन गरेको थियो ।

सन् १९८५ मा अवार्ड स्थापना भएयता पिपुल म्यागजिनले सेक्सीएस्ट म्यान अलाइभ फिचर प्रकाशन गर्दै आएको छ । सुरुमा अभिनेता मेल गिब्सन ९२९०लाई सेक्सी पुरुषको रुपमा घोषणा गरिएको थियो । गत वर्ष क्रिस इभान्स यो सम्मानबाट सम्मानित भएका थिए । एजेन्सी



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment