नेपालको सुन्दरताले लोभ्यायोः भारतीय अभिनेत्री भाग्यश्री

२२ जेठ, काठमाडौं । भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’ को छैठौं संस्करण काठमाडौंमा सम्पन्न भएको छ। फर्न इभेन्ट्सले आयोजना गरेको अवार्ड कार्यक्रम पहिलो पटक भारत बाहिर आयोजना भएको हो।

समारोहमा नेपाल तथा भारतका चलचित्र, सङ्गीत, पत्रकारिता, पर्यटन, खेलकुद आदि क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। अवार्ड प्रदान गर्न भारतीय अभिनेत्री भाग्यश्री, रञ्जित, विन्दु दाह्रा सिंह लगायतका भारतीय चर्चित कलाकारहरु नेपालमा आएका थिए।

अवार्ड समारोहमा बोल्दै भारतीय अभिनेत्री भाग्यश्रीले नेपालको सुन्दरताले आफूलाई लोभ्याएको बताइन्। उनले नेपालीहरुले माया गरिरहे पुनः आफू परिवारसँग नेपाल घुम्न आउने बताइन्। उनले भनिन्, ‘नेपालको सुन्दरताको विश्वभरमा चर्चा छ। मैले यहाँ थोरै मात्रै देखेको छु। तर म नेपालले फेरि बोलाओस् भन्ने चाहन्छु, फेरि नेपाल परिवारसँग आउन चाहन्छु।’

नेपाली र भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहेको सो समारोहमा नेपालका सेलिब्रेटीहरुसँगै अभिनेत्री भाग्यश्री,अभिनेता रञ्जित, टेलिभिजनकर्मी तथा कलाकार बिन्दु दाह्रा सिंहसहित झन्डै एक दर्जन भारतीय सेलिब्रेटीहरुको समेत सहभागिता रहेको थियो।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment