करणको ‘बुल’बाट किन पछि हटे सलमान ?

१७ चैत, मुम्बई । अभिनेता सलमान खान र निर्माता करण जौहरको फिल्म ‘बुल’ गत वर्ष चर्चाको विषय बनेको थियो । यो जोडी विष्णुवर्धनको फिल्ममा २५ वर्षपछि एकसाथ तयारी गरिरहेका थिए ।

फिल्मको छायांकन गत नोभेम्बरमा सुरु हुने भनिएको थियो, तर चार महिना बितिसक्दा पनि त्यसमा काम सुरु भएन । निकै चर्चाका बीच सलमानले करणलाई जुलाईसम्म समय मागेका थिए । अहिले भने सलमानले आफ्ना साथी साजिद नाडियाडवालाको फिल्मलाई अगाडि बढाउने निर्णय लिएका छन् । जसकारण उनी करणको ‘बुल’बाट पछि हटेका छन् ।

एआर मुरुगादासका साथ साजिदको फिल्म आगामी मे महिनामा फ्लोरमा जान तयारी अवस्थामा छ । यही बीचमा करणले ‘बुल’लाई नोभेम्बर २०२४ सम्म फ्लोरमा लैजाने सोचिरहेका थिए ।

मिति अनिश्चित भएपछि करण र विष्णु सुटिङ कहिलेबाट थाल्ने भन्ने टुंगो गर्न सकेका थिएनन् । यही कारण सलमानले यो प्रोजेक्टबाट पछि हट्ने निर्णय लिएका छन् । उनले आफ्नो निर्णय करणलाई सुनाइसकेका छन् ।

सलमानले प्रोजेक्टमा लगातार भइरहेको ढिलाइको दोष समयलाई दिएका छन् । करणले पनि एक वर्ष बढी समयदेखि सलमानलाई आफूले अलमल्याइरहेको बुझेका छन् । तर कुनै परिणाम नआएपछि सलमानको निर्णयलाई करणले पनि स्वीकारेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment