‘आदिपुरुष’ले रिलिज अगावै लगानीको ७५ प्रतिशत उठायो

२२ जेठ, मुम्बई । जुन १६ मा ओम राउतको फिल्म ‘आदिपुरुष’ रिलिज हुँदैछ।

प्रभास, सैफ अली खान, कृति सेनन, सन्नी सिंह स्टारर यो फिल्मलाई लिएर दर्शकमाझ क्रेज देखिएको छ। फिल्मले रिलिज अगावै ७५ प्रतिशत कमाइ गरेको छ।

फिल्म ७ सय करोड बजेटमा निर्माण भएको बताइएको छ। फिल्मले अहिले नै ४ सय ३२ करोडको प्रि-कलेक्शन गरेको छ।

रिपोर्टका अनुसार फिल्मको स्याटेलाइट, म्युजिक, डिलिटेसन र अन्य अधिकार करिब २ सय ४७ करोड भारुमा बिक्री भएको छ। यसबाहेक, दक्षिण बेल्टमा यसको न्यूनतम ग्यारेन्टी थिएटर राजस्व १ सय ८५ करोड रुपैयाँ अनुमान गरिएको छ।

‘आदिपुरुष’ ले पाएको प्रतिक्रियालाई हेरेर फिल्मले पहिलो दिनमै कीर्तिमानी कलेक्सन गर्न सक्ने ट्रेड विश्लेषकहरुको विश्वास छ। फिल्मले पहिलो दिन सय करोडभन्दा बढीको कलेक्सन गर्ने अनुमान गरिएको छ।

फिल्ममा प्रभास भगवान राम, कृतिमा सीता, सन्नी सिंह लक्ष्मण, सैफ अली खान रावण र देवदत्त गजानन नागे हनुमानको भूमिकामा देखिनेछन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment