तीतो मेथी र करेलाका महत्वपूर्ण गुण

मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै पुरानो चलन हो । यो एउटा प्रचलित खाद्यसंस्कृति बनिसकेको छ । नेवार जातिकै कतिपय सदस्यले भने मेथी टुसाको तीतोपन मन नपरेर फालेको पनि देखिन्छ । टुसा उमारेको मेथीको अचार खाँदा अनुभव हुने तीतोपनले शरीर स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

अहिले बजारमा सहजै पाइने जंक फुडका कारण घरमै उपलब्ध कतिपय महत्वपूर्ण खानालाई बेवास्ता गरिरहेका छौं । हाम्रा घर वरिपरि वा भान्सामा हुने यस्ता खानाहरू सस्ता मात्र छैनन्, स्वास्थ्यबर्द्धक र पोषणयुक्त पनि छन् । तर हामी यस्ता खानालाई भुल्दै बजारमा बढी चर्चा हुने र विज्ञापनमार्फत प्रचार गरिएका खानाहरूतिर आकषिर्त भइरहेका छौं । यस्ता खाना महँगो मूल्य तिरेपछि सहजै उपलब्ध भए पनि स्वास्थ्य तथा पोषणका दृष्टिले निकै कमजोर हुन्छन् । जंक फुडको अधिक प्रयोगले आजको पुस्ता विभिन्न रोगको सिकार भइरहेका छन् ।

हाम्रा परम्परागत खानामा प्रयोग गरिने र स्वास्थ्य तथा पोषणका दृष्टिले निकै महत्वपूर्ण रहेको मेथी छायाँमा पर्दै गएको छ । हामीमध्ये धेरैलाई यसको प्रयोग कसरी गर्ने भन्ने कुराको ज्ञान तथा हेक्का छैन । परम्परागत रूपमा खानालाई पोषणयुक्त र स्वादिष्ट बनाउन प्रयोग गरिने मेथी आज महत्वहीन बन्दै गएको छ । यसको प्रयोगलाई बढाउन सक्दा हाम्रो परिवारको स्वास्थ्य निकै राम्रो हुन्छ ।

दालमा जीरा, मेथी फुराएर खाने नेपालीको परम्परागत बानी छ । त्यसैगरी मोहीमा मेथी र लसुन फुराएर पनि खाइन्छ । तर हामीहरूमध्ये धेरैजस्ाोलाई मेथीको तीतोपन मन पर्दैन र झानेको दालको पनि मेथी पन्छाएर दाल खान्छौं ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment