पच्चिस वर्षमा बजाजको ८ लाख मोटरसाइकल बिक्री, आगामी २५ वर्ष लिड गर्ने दाबी

२३ चैत, काठमाडाैं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बिक्रेता हशंराज हुलासचन्द्र कम्पनी (एचएच) २५ औं वर्षमा प्रवेश गरेको छ ।

सन् १९९८ मा पहिलो पटक ‘कावासाकी बजाज फोरएस च्याम्पियन’ मोटरसाइकल भित्र्याएको बजाजले २५ वर्षमा ८ लाख दुईपांग्रे सवारीसाधन बिक्री गरेको हो । कम्पनीको सबैभन्दा बढी बिक्री हुनेमा १५०, २२० र एनएस २०० सबैभन्दा धेरै छन् ।

२५ वर्षको दौरानमा कम्पनीले ६ वटा सिरिजका बाइक नेपाल भित्र्याइसकेको छ। कम्पनीले २००३ मा १५० डीटीएसआई, २००८ मा पल्सर २२० एफ, २०१३ मा पल्सर एनएस २०१३ मोटरसाइकल नेपाल भित्र्याएको थियो । सन् २०१८ मा युवामाझ लोकप्रिय हुने विश्वमसका साथ कम्पनीले प्रिमियम मोटरसाइकलको रुपमा बजाज डोमिनार भित्र्याएको थियो । यस्तै सन् २०२३ मा कम्पनीले पल्सर एन सिरिजका १६० र २५० सीसी क्षमताका मोटरसाइकल सार्वजनिक गरेको थियो । उच्च आकर्षण रहेको बजाजको पल्सरको मात्रै ११ वटा मोडेल नेपाली बजारमा बिक्री हुँदै छ । नेपालमा बजाजको डिस्कभर, प्लाटीना, एभेन्जर, पल्सर र डोमिनार सिरिज बिक्री भइरहेको छ ।

मूल्यका हिसाबले हाल नेपाली बजारमा १ लाख ९५ हजार ९ सय रुपैयाँ मूल्यको बजाज प्लाटिनादेखि ६ लाख ५४ हजार रुपैयाँ मूल्यको डोमिनार एबीएस बीएस–६ सम्मका विभिन्न मोडल नेपाली बजारमा बिक्रीका लागि उपलब्ध छन् । दुई पाँग्रे सवारीका क्षेत्रमा एउटा ठूलो फड्को मार्न सफल भएको एचएच बजाज नेपालमा एक लोकप्रिय कम्पनीको रूपमा परिचित हुन सफल भएको छ । हाल बजाजले नेपालमै एसेम्बल उद्योग स्थापना गरेको छ । आगामी दिनमा नेपालमा २ पांग्रे इलेक्ट्रिक स्कुटर नेपालमा ल्याउने बजाजले जनाएको छ ।

नेपालमा मोटरसाइकलको ५० प्रतिशत हिस्सा ओगटेको कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले बताए । आकर्षक उत्पादन (आइकोनिक मोडलहरू), फराकिलो नेटवर्क र ब्रान्डका आधारमा गएको २५ वर्ष मोटरसाइकल बजारको लिड गरेको र आगामी २५ वर्षसम्म पनि आफूहरुले लिड गर्ने उनले दाबी गरे ।

बजाजका देशभर ३०० भन्दा बढी वकसर्प छन् भने देशका विभिन्न ठाउँमा १०९ वटा डिलर रहेको छ । कम्पनीले बिक्रीमा मात्र नभई बिक्री पछिका सेवामा पनि उत्तिकै महत्व दिँदै आएको छ । बजाजको एसेम्बल्ड प्लान्टबाट अहिले १८० भन्दा बढी इन्जिनियरहरुले रोजगारी पाएको पनि निर्देशक गोल्छाले बताए ।

गोल्छा ग्रुपअन्तर्गतको कम्पनीका काठमाडौंमा बजाजको एउटा र केटीएमको २ वटा आफ्नै शोरुम छन् । बजाजका १५० बढी क्षेत्रीय डिलरसिप छन् । पारिपारिक कम्पनीको रुपमा स्थापित उक्त कम्पनीमा शेखर गोल्छाको ५३.८० प्रतिशत सहित गोल्छा परिवारका १९ जना सदस्यको नाममा सेयर छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment