दोल्ती पावरको आईपीओ भर्न छुट्यो की !

०७ चैत, काठमाडाैं । दोल्ती पावर लिमिटेडले स्थानिय वासिन्दाको लागि निष्काशन गरेको आइपीओ आजसम्म मात्र आवेदन दिन सकिने छ । फागुन ८ गतेदेखि निष्काशन बिक्री खुला गरेको आइपीओमा अब चैत ७ गते (आज) सम्म मात्र आवेदन दिन सकिने छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशतले हुन आउने प्रति सेयर १०० रुपैयाँ दरका ५ लाख ३६ हजार ४८६ कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

स्थानीय बासिन्दालाई छुट्टाइएको सेयरमध्ये दैलेखको अति प्रभावित क्षेत्र नौमुले र कालिका गाविसमा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानीय बासिन्दाहरुले २ लाख ६८ हजार २४३ कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । दोल्ती पावरको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment