एक हप्तामा ५ हजार ७ सय रुपैयाँले बढ्यो सुनको भाउ

०२ चैत, काठमाडाैं । एक हप्ताको अवधिमा छापावाला सुन ५ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ ।

फागुन २५ गते १ लाख १ हजारमा कारोबार भएको सुन चैत २ गते (आज) १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । विहीबार सुन १ हजार रुपैयाँले बढेको हो । बुधबार सोही सुन १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यपसायी महासंघका अनुसार आज तेजाबी सुन तोलाको १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो तेजावी सुन १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता बुधबारको तुलनामा आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार तोलाको एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज १ हजार ३०५ रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९१३.१६ र चाँदी प्रतिऔंस २१.७६ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment