आइतबार सुन-चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२१ फागुन, काठमाडाैं । आइतबार सुनको भाउ वृद्धि भएको छ । शुक्रबार १ लाख २ हजार ५ सयमा कारेबार भएको सुन आइतबार आज ३०० रुपैयाँले बढेर १ लाख २ हजार ८ सयमा रुपैयाँमा कारोबार भएको हो ।

यता आइतबार तेजावी सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । तेजावी सुन शुक्रबार १ लाख २ हजार रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको भाउमा पनि वृद्धि भएको छ । आज चाँदी १० रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यमा भएको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मुल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८५५.३७ र चाँदी प्रतिऔंस २१.२६ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment