सानिमा लाइफको अधिकांश सूचक उत्साहप्रद, नाफा साढे २३ प्रतिशत बढ्यो

२५ माघ, काठमाडाैं । सानिमा लाइफ इन्स्यारेन्सको अधिकांश सूचकहरु चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा उत्साहप्रद देखिएका छन् ।

अघिल्लो आवको तुलनामा २३.६३ प्रतिशतले खुद नाफा वृद्धि गरेको कम्पनीले जीवन बीमा कोषको आकार ४४.३८ प्रतिशत, खुद बीमा शुल्क संकलन ०.८५ प्रतिशत, कुल प्रिमियम संकलन ५.७९ प्रतिशत, खुद दाबी भुक्तानी १२६.५९ प्रतिशत, जगेडा कोष ८.०२ प्रतिशत, र प्रतिसेयर आम्दानी २ रुपैयाँ २३ पैसाले बढेको हो ।

पुससम्म कम्पनीले ११ करोड ६१ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ थियो ।

कम्पनीले लगानी कर्जा तथा अन्यबाट १७ करोड ६५ लाख ६८ हजार र बीमालेख धितोबाट ३६ लाख ६४ हजार आम्दानी गरेको छ । पुससम्म कम्पनीले बीमालेख धितोमा २३ करोड ९१ लाख कर्जा प्रवा गर्दा दीर्घकालीलन लगानी तथा कर्जामा ५ अर्ब २ करोड रुपैयाँ लगानी गरेको छ । अल्पकालीन कर्जामा भने ९३ करोड ९१ लाख रहेको छ ।

पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी २ अर्ब र वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा पुगेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ १९ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३४२.१३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.७८ गुणा रहेको छ ।

यसअवधिमा सानिमा लाइफको जीवन बीमा कोषमा ४ अर्ब ८ करोड ५३ लाख ९५ हजार रुपैयाँ र जगेडा कोषमा ३५ करोड ९० लाख ३ हजार रुपैयाँ सञ्चित छ । कम्पनीको खुद बीमा शुल्क आर्जन बढेर १ अर्ब १७ करोड २० लाख रुपैयाँ पुगेको छ । कम्पनीले ३१ करोड ३५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीले पुससम्म ९० हजार ४७५ वटा बमिालेख जारी गरेर १ अर्ब २४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा ४५ हजार १०५ वटा बीमालेखबाट १ अर्ब १७ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । हालसम्म कम्पनीले १२ अर्ब ५३ करोड ४४ लाख रुपैयाँ संकलन गरेको छ ।

पुससम्ममा कम्पनीले २३ सय ३७ वटा संख्याबाट परेको ३१ करोड ३५ लाख ९० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १६ वटा दाबी वापत परेको १ करोड २४ लाख ५० हजार भुक्तानी गर्न बाँकी छ । गत आवको सोही अवधिमा १२ सय ४२ वटा संख्याबाट परेको १३ करोड ८३ लाख ९५ हजार रुपैयाँ दाबी भुक्तानी थियो ।

सानिमा लाइफ र रिलायन्स इन्स्योरेन्स एक आपसमा मर्जर प्रक्रियामा रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment