पोखरा अन्तराष्ट्रिय विमानस्थल भन्सारको चार किल्ला तोकियो

२० माघ, पोखरा । सरकारले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भन्सार क्षेत्र कायम गरेको छ । मन्त्रिपरिषदले भन्सार स्थापना गर्ने निर्णय लगत्तै चार किल्ला कायम गर्दै भन्सार क्षेत्र कायम गरिएको हो ।

नेपाल सरकारले गत पुस २१ गते बिहीबार पोखरा अन्तराष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णय गरेको एक महिना पनि पुरा नहुँदै सरकारले भन्सार क्षेत्र र किल्ला तोक्दै नेपाल राजपत्रमा प्रकासित गरेको हो ।

चिनियाँ ऋण सहयोगमा निर्माण भएको उक्त विमानस्थल राष्ट्रिय गौरवको आयोजना हो । निर्माण पुरा भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पुस १७ उद्घाटन गरेका थिए । विमानस्थल उद्घाटन गरेको ४ दिन पछिको मन्त्रिपरिषद बैंठकले भन्सार कार्यालय खोल्ने निर्णय गरेको थियो ।

सरकारले विमानस्थलको मुख्य भवन देखि पृथ्वी राजमार्गको चाउथे भन्ने स्थानसंग जोडिएको बाटोलाई भन्न्सार क्षेत्रको बाटोको रुपमा कायम गरेको छ । साथै सरकारले पुर्व, पश्चिम, उत्तर र दक्षिण गरेर भन्सार क्षेत्रका चार किल्ला समेत तोकेको छ ।

सरकारले तोकेका चार किल्ला मध्येको पहिलो रहेको पुर्वी किल्ला अन्तर्गत पोखरा महानगरपालिन वडा नं. १४ को विजयपुर खोला र सो खोलमा अवस्थित विजयपुर प्रथम जलविद्युत आयोजनासंग जोडिएको भुभागको क्षेत्र समेटिएको छ । त्यसैगरी पश्चिम किल्ला अन्तर्गत काजिपोखरी खहरे खोला र सो खोला पारीको फलेपाटन भन्ने स्थान तथा पोखर महानगरपालिका कै १५ नं. वडासंग जोडिएको भुभागलाइ समेत समेटिएको छ ।

सरकारले तोकेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको उत्तरी किल्लामा पोखरा महानगरको १४ नं. बडाको पृथ्वी राजमार्गका तथा हवेली मार्गसंग जोडिएको भुभागलाई समेटिएको छ । । त्यसैगरी चौथो अर्थात दक्षिणी भन्सार किल्लामा महानगरको १४ नं. वडा अन्तर्गतको भेडी फर्म, राधाकृष्ण मन्दिर हँुदै रामेश्वरी माध्यामीक विद्यालयसंग जोडिएको भुभागलाई कायम गरिएको छ ।

पोखरा विमान स्थलमा स्थापना गरिएको भन्सार कार्यालयको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिको तयारी अर्थमन्त्रालय गरिरहेको छ । विमानस्थल पुर्ण रुपमा सञ्चालनमा आइनसकेको हुनाले पनि सरकारले कर्मचारी नै पठाउन भने ढिला गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment