एशियाली सेयर सूचांक ९ महिना यताकै उच्च

१३ माघ, काठमाडाैं । विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको अवस्थामा एशियाली सेयर सूचांकहरु ९ महिना यताकै उच्च विन्दुमा पुगेको छ।

अमेरिकी श्रम बजार तथा समग्र अमेरिकी अर्थतन्त्र सबल हुँदै गएको तथ्यांक सार्वजनिक भएपछि लगानीकर्ताहरुको मनोबल बढेको छ । जसकारण एशियाली सेयर बजारमा हरियाली छाएको छ।

जापान बाहिरका एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक एमएससीआई ०.५५ प्रतिशतले घटेको छ । सन् २०२२मा २० प्रतिशतले ओरालो लागेको एमएससीआई सूचांक सन् २०२३को जनवरी महिनामै ११ प्रतिशतले बढेको हो।

यस्तै जापानको सेयर सूचांक निकेई ०.०५ प्रतिशतले बढेको छ । हङकङको ह्याङस्याङ सूचांक ०.३३ प्रतिशतले बढेको छ । चीनको साङ्घाई कम्पोजिट सूचांक ०.७६ प्रतिशतले उकालो लागेको छ।

युरोपियन सेयर सूचांक युरोस्टक्स ५० फ्युचर्स ०.३ प्रतिशत, जर्मनको सेयर सूचांक डाक्स फ्युचर्स ०.२८ प्रतिशत र एफटीएसई सेयर सूचांक ०.१६ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०२२को चौथो त्रैमासमा देखिएको आर्थिक वृद्धिका कारण लगानीकर्ता तथा विश्लेषकहरुले केन्द्रीय बैंकले आक्रामक शैलीमा ब्याजदर नबढाउने आकलन गरेका छन् । जसकारण लगानीकर्ताहरुको मनोबल उच्च हुँदा सेयर सूचांक बढेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment