नारायणी डेभलपमेन्ट बैंकको नोक्सानी बढ्यो, छ महिनामा साढे १ अर्ब घाटा

०६ माघ, काठमाडाैं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको नोक्सानी बढेको छ । चालू आर्थिक वर्षका दोस्रो त्रैमाससम्ममा बैंकले १ करोड ६६ लाख २९ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ ।

बैंकको अन्य सञ्चालन खर्चमा भएको वृद्धि तथा सञ्चालन नाफा ऋणाात्मक भएपछि नोक्सानी चुलिएको हो । गत आवको सोही अवधिमा बैंकले ५९ लाख ९८ हजार नोक्सानी ब्यहोरेको थियो ।

चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ११ करोड ७९ लाख ६६ हजार र सेयर प्रिमियममा १ करोड १ लाख १ हजार रुपैयाँ सञ्चित छ । बैंकको रिटेन्ड अर्निङ २५ करोड ८ लाख ११ हजार ऋणात्मक छ । चालू आवको दोस्रो त्रैमाससम्ममा बैंकले ५९ करोड ६७ लाख निक्षेप संकलन गरेर ५३ करोड १२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

पुस मसान्तसम्म बैंकले ९० लाख ७४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा १६ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा १ करोड ६६ लाख २९ हजार ऋणात्मक छ । गत आवको सोही अवधिमा ५९ लाख ९८ हजार ऋणात्मक रहेको थियो । यस्तै गत आवमा बैंकको अन्य सञ्चालन खर्च ५२ लाख ३७ हजार रहेकोमा चालू आवमा बढेर ९८ लाख ९७ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म बैंकको मूल्य आम्दानी अनुपात ८५.७१ गुणा, प्रति सेयर नेटवर्थ ५३.२३ रुपैयाँ र कुल सम्पत्तिको मुल्य २९५.६५ रुपैयाँ रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment