सभामुख घिमिरेले लिए सपथ

०६ माघ, काठमाडौं । नवनियुक्त सभामुख देवराज घिमिरेले सपथ लिएका छन्।

उनले शुक्रबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा आयोजित सपथ समारोहमा पद तथा गोपनीयताको सपथ लिएका हुन्।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ दिलाइन्। सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उपस्थिति थियो।

घिमिरले बिहीबार सभामुखमा निर्वाचित भएका थिए। उनले शुक्रबार बिहान मात्रै नेकपा एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरे।

सभामुख पदमा निर्वाचित भएका घिमिरेले एमाले पार्टी सदस्यदेखि सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेका हुन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPolitic
Comments (0)
Add Comment