सहकारी ठगी प्रकरणबारे आन्तरिक छलफलमा सत्तारुढ दल

१४ जेठ, काठमाडौं । सत्तारुढ दलहरु सहकारी ठगी प्रकरणबारे आन्तरिक छलफलमा जुटेको छ ।

नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेपछि सत्तारुढ दलहरू आन्तरिक छलफलमा जुटेका हुन् । छलफल प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमालेबाट कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियारलगायत छन् ।

यसअघि बालुवाटारमै कांग्रेसका नेताहरुसहित शीर्ष नेताहरुको बैठक बसेको थियो । जहाँ कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार थिए ।

कांग्रेस नेताहरु बाहिरिएपछि सत्तारुढ दलका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment