तीन वर्षपछि कोरोना संक्रमितको संख्या शून्य 

०१ पुष, काठमाडौं । नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् ।

“कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक पछिल्लो २४ घण्टामा संक्रमित संख्या शून्य भएको हो,” स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिए । ८४६ नमूना परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो ।

आज एकजना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या १४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNews
Comments (0)
Add Comment