भोलि बुढानीलकण्ठ नगर अस्पताल उद्घाटनका लागि केपी ओली कपन आउने

३० चैत, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाको नगर अस्पतालको उद्घाटन हुने भएको छ । पूर्व प्रधानमन्त्री के.पि शर्मा ओलीको प्रमुख आतिथ्यतामा नगर अस्पतालको उद्घाटन हुने भएको हो ।

२०८१ बैशाख १ गतेको अवसर पारी ‘बुढानीलकण्ठ नगर अस्पताल’ को समुद्घाटन तथा ‘नयाँवर्ष २०८१ को शुभकामना आदानप्रदान’ कार्यक्रम हुने भएको हुँदा सम्पुर्ण नगरवासीहरुलाई नगरपालिकाले निमन्त्रणा गरेको छ ।

नगर अस्पतालबाट हालका लागि ओ.पि.डि. सेवा सुरु हुनेछ भने करिव १५ शैयासम्मको सेवा तयारीकै क्रममा रहेको र सुरुवात चाँढैनै गरिने जानकारी प्राप्त भएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment