चार वर्षीकी बालिकाले ६१ वटा गुच्चा निलेको रहस्य बाबुआमाले अस्पताल पुगेपछि बल्ल थाहा पाए

२९ मंसिर, काठमाडौँ । चार वर्षीया बालिकाको पेट ६१ वटा गुच्चा देखिएपछि परिवारका सदस्य मात्रै होइन चिकित्सक पनि चकित परेका छन् । खबर हो चीनको चीनको झेजियाङ प्रान्तस्थित हाङझोउको ।

बालिकालाई पेट दुखेपछि उनीहरु चेकजाँचका लागि अस्पताल पुगेका बाबु आमाले आफ्नी नाबालिक छोरीको पेटमा चिकित्सकहरुले शल्यक्रिया गरेर ६१ वटा गुच्चा निकालेको देख्दा बल्ल उनीहरुले चाल पाए ।

त्यसअघि केही पनि छनक नदेखेका उनीहरु बल्ल आत्तिए । शल्यक्रिया गरेर ६१ वटा गुच्चा बाहिर निकालेपछि ति बाबुआमाले बल्ल भने उनको पेट एक महिनादेखि दुखिरहेको थियो ।

बालिकाको पेटमा मोतीको मालाजस्तै गरी ६१ वटा गुच्चा अडिएको दृश्य भिडियो एक्सरेमा देख्न सकिन्छ । जसलाई निकाल्नका लागि शल्यक्रियाका क्रममा उनको आन्द्रामा एक दर्जन बढी प्वाल पार्नु परेको थियो ।

शल्यक्रियापछि ती बालिका हाल खतरामुक्त रहेको र स्वास्थ्यलाभ गरिरहेको अन्तराष्ट्रिय समाचार उजेन्सीहरुले उल्लेख गरेका छन् । बालिकाको शल्यक्रिया झेजियाङ युनिभर्सिटी स्कुल अफ मेडिसिनको बाल अस्पतालमा गरिएको थियो ।

बालिकाको आन्द्रामा पारिएका १४ वटा प्वालहरु अहिले निको हुँदै गएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment