एक करोड ३ लाख ९२ हजार मतगणना हुँदा समानुपातिकमा कुन दलले कति पाए?

१७ मंसिर, काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतितिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको मतगणना जारी छ।

शनिबार बिहानसम्म एक करोड ३ लाख ९२ हजार मत सदर भएको निर्वाचन आयोगले जनाएको छ। यता प्रत्यक्षतर्फ भने तीन वटा मात्र क्षेत्रको मत परिणाम आउन बाँकी छ। जहाँ अहिलेसम्म सत्तारुढ गठबन्धनका उम्मेदवारको अग्रता रहेको छ।

प्रत्यक्षमा दोस्रो भएको नेकपा एमालेले समानुपातिकमा भने अग्रता कायमै राखेको छ। एक करोड ३ लाख ९२ हजार ९३४ मत सदर हुँदा नेकपा एमालेले २७ लाख ७९ हजार ७६ मत ल्याउँदै पहिलो स्थानमा छ।

यस्तै २६ लाख ४८ हजार ४१ मतसहित कांग्रेस दोस्रो स्थानमा रहँदा तेस्रो स्थानमा रहको नेकपा माओवादी केन्द्रले ११ लाख ६१ हजार ४०८ मत ल्याएको छ। यस्तै ११ लाख २१ हजार १५५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ।

पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ८६ हजार २७ मत पाउँदा जनता समाजवादी पार्टी (जसपा) ४ लाख २० हजार ९३८ मत पाएको छ। यस्तै जनमत पार्टी ३ लाख ९४ हजार ३६८ मत ल्याएको भने आठौं नम्बरमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९४ हजार ८३ मत पाएको छ।

यता नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५८ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) १ लाख ६७ हजार २७८ मत पाएको छ। जम्ममा एक करोड ९ लाख जति मत खसेको थियो।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment