प्रतिपक्षको नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम पारित

१३ जेठ, काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पारित भएको छ।

सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसको वेल घेराउ र नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको हो।

सदनमा होहल्ला र नाराबाजी चलिरहेकै बेला सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए।

बहुमतमा आधारमा सभामुखले नीति तथा कार्यक्रम पारित भएको घोषणा गरे। सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनमा हिजो सहमति नजिक छलफल भए पनि कांग्रेसले गृहमन्त्रीको नामै किटान गर्नुपर्ने अडान राखेपछि सहमति हुन सकेको छैन।

अन्य कार्यक्रमहरु कार्यसूचीबाट हटाउँदै सभामुख घिमिरेले आजको प्रतिनिधि सभाको बैठक स्थगित गरे। जेठ १५ गते बजेट पेस हुने भएकाले सोही दिन दिउँसो ४ बजेका लागि बैठक बोलाएका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment