सुनचाँदी दुबैको भाउ सोमबार घट्यो, कतिमा हुँदैछ कारोबार ?

१२मंसिर, काठमाडाैं । सुनचाँदी दुबैको भाउ मंसिर १२ गते सोमबार घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन आइतबारको तुलनामा सोमबार सुन तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ १० रुपैयाँले सस्तिएको हो ।

महासंघले सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९७ हजार ५०० रुपैयाँ, तेजाबी सुनको भाउ ९७ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै चाँदीको मूल्य १ हजार २८५ रुपैयाँमा कारोबार भइरहको छ ।

साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ, तेजाबी सुनको मूल्य ९७ हजार ३०० रुपैयाँ र चाँदी १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस १७५० डलर तथा चाँदी प्रतिऔंस २१.१८ डलरमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilverhealthnepalNewsPolitic
Comments (0)
Add Comment