दिव्यश्वरी हाइड्रोपावरको प्रतिसेयर नेटवर्थ १५.९० रुपैयाँमा झर्‍यो, नाफामा ७५ प्रतिशत गिरावट

२४ कात्तिक, काठमाडाैं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको प्रतिसेयर नेटवर्थ १५.९० रुपैयाँमा झरेको छ । गत आवको पहिलो त्रैमासमा २३.३२ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको कम्पनीको अवस्था थप नाजुक बन्दा एक वर्षमा प्रतिसेयर नेटवर्थ ७.४२ रुपैयाँले घटेको हो ।

चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको नाफासँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि वार्षिक ३.३३ रुपैयाँ घटेर वार्षिक १.१२ रुपैयाँमा झरेको छ ।

आम्दानी कम तर कम्पनीको दोस्रो बजारमा असोज मसान्तसमा १७२.३० रुपैयाँ हुँदा मूल्य आम्दानी अनुपात १५३.८३ गुणा हुन आउँछ । पुँजी थोरै हुँदा प्रतिसेयर नेटवर्थ घटेर १६ रुपैयाँभन्दा कम हुँदा कम्पनी कम्पनीको दोस्रो बजारभाउ भने उच्च देखिएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको खुद नाफा ७४.८७ प्रतिशत घटेर ७ लाख ३८ हजार रुपैयाँ मात्र आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा २९ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा घटेको हो । विद्युत बिक्री आम्दानी बढेपनि वित्तीय खर्च बढेका कारण कम्पनीको खुद नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च बढेर २ करोड ६३ हजार पुगेको छ । गत आवको सोही अवधिमा १ करोड ३६ लाख ८२ हजार रुपैयाँ मात्र थियो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार असोज मसान्तसम्म कम्पनीले विद्युत बिक्री आम्दानी ८.०९ प्रतिशत बढेको छ । असोज मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ३ करोड २१ लख ५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा २ करोड ९८ लाख १ हजार थियो ।

प्रकाशित विवरण अनुसार एक वर्षमा कम्पनीको जगेडा तथा कोष ९.६८ प्रतिशत बढेर २२ करोड २० लाख ३४ हजार रुपैयाँ नोक्सानीमा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८.०७ प्रतिशत बढेर ३ करोड २२ लाख ५ हजार रुपैयाँ र खुद सञ्चालन मुनाफा १७.२० प्रतिशत बढेर ३ करोड ५ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment