सानिमा माइ हाइड्रोपावरको नाफा साढे ४ प्रतिशतले घट्यो

२४कात्तिक, काठमाडाैं । सानिमा माई हाइड्रोपावर लिमिटेड (SHPC) को खुद नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४.४२ प्रतिशतले घटेको छ । बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घटेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्म २३ करोड २४ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २४ करोड ३१ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रकाशित विवरण अनुसार एक वर्षमा कम्पनीको जगेडा तथा कोष ८६.३७ प्रतिशत बढेर १ अर्ब ६९ करोड ९२ लाख ३० हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ३२ करोड १७ लाख ३८ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा विद्युत बिक्रीबाट ३४ करोड ३८ लाख ६२ हजार रुपैयाँ आम्दानी भएकोमा समीक्षा अवधिमा ६.४३ प्रतिशतले घटेको हो ।

चुक्ता पुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँ रहेको कम्पनीको नाफासँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि १.१४ रुपैयाँ घटेर ७.५२ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.५१ गुणा छ ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय आय १ करोड १९ लाख ३४ हजार रहेको छ । गत आवको सोही अवधिमा साढे १० लाख मात्र थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल नाफा ७.४३ प्रतिशत घटेर ३० करोड र खुद सञ्चालन मुनाफा ८.५९ प्रतिशत घटेर २५ करोड ६४ लाख २२ हजार रुपैयाँ रहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessnepalNewsPolitic
Comments (0)
Add Comment