देशभर सक्रिय सङ्क्रमित ७ सय ३६ पुगे

०१ कार्तिक, काठमाडाैं । देशभर थप ४६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ५१० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४२ तथा एन्टीजेन विधिबाट ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप १७ जना सङ्क्रमणमुक्त बनेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ७ सय ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७० हजार ९९४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthNewsPolitic
Comments (0)
Add Comment