‘लो भोल्टेज’ले सुर्खेतमा कोल्डस्टोर चलाउन गाह्रो

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले कृषि उत्पादन भण्डारणका लागि सुर्खेतका विभिन्न ठाउँमा चिस्यान घर निर्माण गरी सञ्चालनमा ल्याएको छ । सुर्खेतमा तीन स्थानीय तहमा ५ वटा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको हो ।

तर न्यून विद्युत प्रवाहका कारण ती चिस्यान केन्द्र सञ्चानमा भने कठिनाइ भएको प्रदेश सरकार कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले जानकारी दिए । ‘किसानले उत्पादन गरेको कृषि सामग्रीलाई लामो समय राख्न तथा खेर जान नदिन हामीले कोल्डस्टोर निर्माण गर्‍यो,’ उनले भने,’ ‘विद्युत्को लो भोल्टेजका कारण सञ्चालनमा कठिनाइ छ ।’

सहज रुपमा सञ्चालन गर्न सकियो भने किसानलाई बजारीकरणसँगै खेर जाने समस्या कम हुने अपेक्षा रहेको उनले बताए । यसैबीच, आलुको बीउ भण्डारणको लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र बराहाताल गाउँपालिकामा ५ सय मेट्रिक टन क्षमताका ५ वटा रष्टिक स्टोर सञ्चालनमा ल्याइएको निर्देशनालयले जनाएको छ ।
सुर्खेतका तीन पालिका गुर्भाकोट, भेरीगङ्गा, लेकबेंसी र वीरेन्द्रनगरमा स्थापना गरिएका यी चिस्यान केन्द्र २ हजार ५ सय मेट्रिक टनसम्म तरकारी तथा फलफूल राख्न सक्ने क्षमताका रहेको प्रदेश सरकार कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले अदुवा, प्याज सुन्तला ड्रागन फ्रुट राख्न मिल्नेगरी चिस्यान केन्द्र निर्माण गरी सञ्चालन सुरु गरिएको जानकारी दिए ।

यसैगरी गुर्भाकोट र लेकबेँसी नगरपालिकामा दुई सय मेट्रिक टन क्षमताका दुईवटा बीउ भण्डारण केन्द्र स्थापना गरिएको निर्देशनालयका कृषिप्रसार अधिकृत तिलकप्रसाद पाण्डेको भनाइ छ । उनका अनुसार भण्डारण केन्द्रमा धान, मकै, गहुँ र तरकारीको बीउ भण्डारण गर्ने गरिएको छ भने सुर्खेतमा पाँच वटा संकलन केन्द्र छन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment