मङ्सिर २९ गतेदेखि विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी

१४ असाेज, काठमाडाैं । उद्योग सङ्गठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आयोजना गर्ने भएको छ।

सो प्रदर्शनी आगामी मङ्सिर २९ गतेदेखि पुस ६ गतेसम्म चल्ने सङ्गठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए । विराटनगरमा लामो समयदेखि यस्तो प्रदर्शनी चल्दै आएकाले यसको र आर्थिक कारोबार चलायमन बनाउन कार्यक्रमको आयोजना हुने उनको भनाइ छ ।

कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवद्र्धनका लागि सातौँ संस्करणको ‘विराट एक्स्पो’ स्नातकोत्तर क्याम्पस विराटनगर–१४ स्थित पुरानो हवाई मैदानमा हुने बताइएको छ ।

सङ्गठन अध्यक्ष प्याकुरेलले कृषि उत्पादन, कृषि उद्यम, उद्योग, पर्यटनलगायतका क्षेत्रको विकासमा योगदान पु¥याउन एक्स्पो आयोजना गरिएको बताए । सङ्गठनका उपाध्यक्ष एवं विराट एक्स्पो–२०७९ का संयोजक भोलेश्वर दुलालले अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पोले थप मद्दत गर्ने विश्वास व्यक्त गरे ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले समान उद्देश्य रहेका संस्थाबीच सहकार्य गरेर बढीभन्दा बढी एक्स्पो आयोजना गर्नुपर्नेमा जोड दिए।

उद्योगीबीच अनुभव आदानप्रदान, स्टार्टअप कर्नर, पर्यटकीय गन्तव्यको जानकारी तथा दैनिक प्याकेज टुर, स्थानीय खानाको परिकारको व्यवसायीकरणको खोजी एक्स्पोबाट गरिने छ । प्रदर्शनीमा चार सय १५ स्टल राखिने भएको छ भने स्वदेश तथा भारत, बङ्गलादेश, भूटान, पाकिस्तान, थाइल्याण्ड, चीनका उत्पादन, वितरक तथा बजार प्रवद्र्धकको समेत स्टल रहने छन् ।

एक्स्पोमा स्थानीय तथा भारतीयसहित तीन लाख सर्वसाधारणले अवलोकन गर्ने अनुमान गरिएको छ भने ५० करोडको व्यापार हुने दाबी गरिएको छ । एक्स्पो आयोजनाका लागि दुई करोड ५० लाख खर्च हुने आयोजकले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment