घरजग्गा व्यवसायमा १,२३२ जनालाई प्रत्यक्ष रोजगारी

१२ असोज, काठमाडौं । नेपालको घरजग्गा व्यवसायमा १ हजार २३२ जनाले प्रत्यक्ष रोजगारी पाएको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले घर जग्गा व्यवसाय गणना २०१९ को नतिजा सार्वजनिक गरेको छ । जस अनुसार रियल इस्टेट व्यवसायमा उक्त संख्यामा रोजगारी सिर्जना भएको हो ।

रियल इस्टेट गणना अनुसार देशभर २४१ प्रतिष्ठान यो व्यवसायमा संलग्न रहेको देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा १११ वटा प्रतिष्ठान सक्रिय छन् । दोस्रो नम्बरमा रहेको गण्डकी प्रदेशमा ४२ वटा प्रतिष्ठान सक्रिय छन् भने तेस्रो नम्बरमा रहेको मधेश प्रदेशमा २९ वटा प्रतिष्ठान सक्रिय छन् । यस्तै प्रदेश नम्बर १ मा २५, लुम्बिनीमा २४, कर्णालीमा २ र सुदूरपश्चिममा ८ वटा प्रतिष्ठान रियल इस्टेट विजनेशमा रहेको पाइएको छ ।

रोजगारीमा समेत बागमतीको हिस्सा अधिक देखिएको छ । बागमतीले ८१३, गण्डकीले १३०, मधेश प्रदेशले १११, लुम्बिनी प्रदेशले ७३, प्रदेश नमब्र १ ले ४९, सुदूरपश्चिममले ४८ र कर्णाली प्रदेशले ८ जनालाई रोजगारी दिएको तथ्यांकमा देखाइएको छ ।

यस अनुसार बागमती प्रदेशमा रियल इस्टेट विजनेश र रोजगारी बढी केन्द्रित भएको गणनाको तथ्यांकले देखाएको छ । यो गणनामा सरकारी निकायबाट सञ्चालित आवास विकास कम्पनीको तथ्यांक समेत समेटिएको छ ।

गणनामा आर्थिक वर्ष २०७५/७६ सम्म कारोबार गरेका तथा कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य सरकारी निकायमा दर्ता भई घर जग्गा खरीद बिक्री वा भाडामा लिनेदिने व्यवसायमा संलग्न कम्पनीलाई समावेश गरिएको छ । गणनामा सरकारी निकायमा दर्ता नभई कारोबार गरिरहेका कम्पनी भने नपरेको विभागले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment