शक्तिशाली डलरको सामना गर्न अन्य मुद्रालाई धौधौ, विश्व सेयर बजार प्रभावित

१० असाेज, काठमाडाैं । अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले ब्याजदर वृद्धि गरेपछि डलर शक्तिशाली भएको छ ।

शक्तिशाली भएको डलरको सामना गर्न पाउण्ड स्ट्रलिङ, युरो, येन लगायतका मुद्राहरुलाई मुश्किल परिरहेको छ । डलर बढेसँगै लगानीकर्ताहरु डलरमा आकर्षित हुँदा अन्य देशका मुद्रा कमजोर हुन पुगेका छन् ।

डलरसँगको विनिमयमा पाउण्ड स्ट्रलिङ तीन महिनामा ११ प्रतिशतले घट्न पुगेको छ । यसैगरी युरो २० वर्ष यताकै कमजोर अवस्थामा पुगेको छ । आज १ युरो बराबर ०.९६ डलरमा कारोबार भइरहेको छ ।

जापानी युरोसँगको विनिमयमा डलर ३७ वर्ष यताकै उच्च हुन पुगेको छ । आज १ डलर बराबर १४३.९७ येनमा कारोबार भइरहेको छ । डलरसँगको विनिमयमा अरु मुद्रा कमजोर भइरहँदा अष्ट्रेलियन डलर पनि कमजोर देखिएको छ । आज १ अमेरिकी डलर बराबर १.५४ अष्ट्रेलियन डलरमा कारोबार भइरहेको छ ।

कमजोर भएको जापानी येनका कारण जापानी अटोमेकर कम्पनीहरु समस्यामा परेका छन् भने अष्ट्रेलियन डलर कमजोर हुादा अष्ट्रेलियन माइनरहरु मर्कामा परेका छन् । यसैगरी ब्रिटिश लगानीकर्ताहरुले डलरमा लगानी बढाएका छन् ।

पाउन्ड स्ट्रलिङ कमजोर भएसँगै बेलायती केन्द्रीय बैंक, बैंक अफ इङ्ल्यान्डले हस्तक्षेप गर्ने विश्लेषकहरुको दाबी छ ।

डलर निरन्तर शक्तिशाली हुँदा नेपाली रुपैयाँ ऐतिहासिक रुपमा कमजोर बनेको छ । आज १ डलर बराबर १२९.८९ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसका साथै डलर शक्तिशाली हुँदा त्यसको प्रभाव विश्व सेयरबजारमा पनि परेको छ । जापान बाहिरबारका एसिया प्यासिफिक देशहरुको बृहत सेयर सूचांक एमएससीआई १ प्रतिशतले ओरालो लागेको छ ।

सन् २०२० मार्च महिनाको तुलनामा एमएससीआई सूचांक ११ प्रतिशतले घटेको छ । जापानी निकेई २.२ प्रतिशतले घटेको छ । एस एन्ड पी फ्युचर्स पनि ०.५ प्रतिशतले घटेको छ । नास्डाक दोस्रो सातामा प्रवेश गर्दा ५ प्रतिशतले ओरालो लागेको छ । एस एन्ड पी ५०० सूचांक पनि ४.८ प्रतिशतले घटेको छ ।

विश्व सेयरबजार ओरालो लागेको समयमा नेपाली सेयरबजारमा पनि भारी गिरावट आएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment