एमालेको सचिवालय बैठक जारी

२६ साउन, काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।

स्थानीय चुनावपछि बसेको यो दोस्रो सचिवालय बैठक हो ।

यसअघि गएको ३० जेठमा सचिवालय बैठक बसेको थियो । आजको बैठकले स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे छलफल गरिने भएको छ ।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावको तयारी गर्नुपर्ने भएकाले सचिवालय बैठक बोलाइएको जनाइएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment