सुनको मूल्य प्रतितोला २ सय रुपैयाँ घट्यो

१० साउन, काठमाडाैँ । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएकोमा मंगलबार २ सय रुपैयाँले घटेर ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएकोमा मंगलबार ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य प्रतितोला ११ सय ५५ रुपैयाँ कायम भएकोमा मंगलबार ५ रुपैयाँले घटेर ११ सय ५० रुपैयाँ कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य थोरै घटेको छ। सोमबार प्रतिऔंस १७२४.४६ डलर रहेको सुन मंगलबार प्रतिऔंस १७२२.२४ डलरमा कारोबार भइरहेको छ।

सोमबार प्रतिऔंस १८.५६ डलर रहेको चाँदी मंगलबार प्रतिऔंस १८.५२ डलर छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNewsPolitic
Comments (0)
Add Comment