उनी दैनिक तीस क्यान पेप्सी सम्म पिउथे

०४ जेठ, लन्डन । पेप्सीको लत बसेका कारण बेलायतका एकजना मानिसले एकै दिनमा तीस क्यान पेप्सी सम्म पिउन थालेका थिए । यसरी लगातार बिस वर्षसम्म पेप्सी पिउँदा उनले प्रत्येक वर्ष सात हजार पाउन्ड खर्च गर्ने गरेका थिए । एकचालिस वर्षिय एन्डी क्युरी अन्ततः अनलाइन हिप्नोथेरापी सेसनमा भाग लिएर आफ्नो कुलत छुटाउन पनि सफल भएका छन् ।

एउटा सुपरमार्केटमा काम गर्ने उनले बिस वर्षभित्र २ लाख १९ हजार क्यान पेप्सी पिउन भ्याएका छन् । यस क्रममा उनले पेप्सीको साथमा ७० लाख वटा बराबरको सुगर क्युव पनि खाएका छन् । तर, शारीरिक वजन अत्यधिक रूपमा बढ्न थालेपछि र चिकित्सकहरूले मधुमेहको शिकार हुनसक्ने चेतावनी दिएपछि उनले कुलत त्याग्ने निधो गरेका थिए ।

हिप्नोथेरापी उपचार गराएपछि नर्थ वेल्सको ब्यान्गो निवासी एन्डीले पेप्सीको सट्टा पानी पिउन थालेका छन् । आफ्नो पुराना बानी सम्झिँदै उनी भन्छन्, “मलाई चिसो पेप्सीको स्वाद निकै मनपथ्र्यो । हेर्दाहेर्दै यसको नराम्ररी लत बस्यो । म रात्रिकालीन काम गर्थेँ । त्यसैले आफूलाई ‘फ्रेस’ र स्फूर्तियुक्त राख्न पनि चिनीयुक्त पेय पदार्थ पिउँथेँ । म प्रत्येक दिन चार वा पाँचवटा दुई लिटरको पेप्सी बोटल रित्याउँथेँ । ‘टेस्को’ कम्पनीमा काम गर्ने भएकाले काम सकिएपछि सजिलैसित पेप्सी किनेर घर लान्थेँ ।”

३९ वर्षीया स्वयंसेविका साराहसँग विवाह बन्धनमा बाँधिएका उनले प्रत्येक दिन पेप्सीका लागि २० पाउन्ड खर्च गर्दथे । उनी भन्छन्, “त्यति पैसाले मैले हरेक वर्ष एउटा नयाँ कारै किन्न सक्थेँ । विवाह तथा जन्मदिनका पार्टीमा जाँदा पनि अरुहरू स्याम्पेन पिएर बस्थे । म भने ठूलो गिलासमा पेप्सी भर्थेँ ।”

डाइटिङ र व्यायामबाट केही मात्रामा शरीरको वजन घटाउन सफल भइसकेका एन्डीले पेप्सी छोडेपछि फेरि छोएका छैनन् । उनलाई पेप्सीको कुलत छुटाउन लन्डनस्थित थेरापिस्ट तथा हिप्नोटिस्ट डेविड किल्मुरीले सघाएका हुन् । मिरर



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment