अपर हेवाखोला हाइड्रोपावरको ५ करोडको आईपीओ खुल्यो

१० जेठ, काठमाडाैँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गते मंगलबारदेखि ५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्रीमा ल्याएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित दरका ५ करोड मूल्यको ५ लाख कित्ता साधारण सेयर जारी गरेको हो ।

संखुवासभा जिल्लाका स्थानीयले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । सेयर खरिदका लागि जेठ २४ गतेसम्म आवेदन दिनुपर्नेछ भने सो अवधिमा सबै सेयर खरीदका लागि माग नपरेको खण्डमा ढिलोमा असार ८ गतेसम्म आवेदन दिनु पर्नेछ ।

स्थानीय बासिन्दाले प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसैगरी नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

पाँचथरको याङनाम र नाँगिनमा रहेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ बाट उत्पादित १०.६० मेगावाट विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिसकिएको छ । कावेली कोरिडोर प्रसारण लाइनअन्तर्गत फिदिमको थापाटारमा रहेको सबस्टेसनको उद्घाटनपश्चात् यस आयोजनाबाट ४.३० मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको थियो । यो आयोजनाबाट अब जम्मा १४.९० मेगावाट विद्युत् उत्पादन हुन थालेको छ ।

विसं २०६७ कात्तिकदेखि निर्माण सुरु भएको आयोजना २०७३ साल मंसिरमा सम्पन्न भई उत्पादन परीक्षण गरिएको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment