बालेनले कटाए ३५ हजार, पुन: दोस्रो स्थानमा स्थापित

०७ जेठ, काठमाडाैँ । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकामा मतगणना जारी छ।

महानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५ हजार मत कटाएका छन्।

उनले ३५ हजार ३ सय ७४ मत ल्याउँदा दोस्रो स्थानमा नेकपा एमालेका केशव स्थापित रहेका छन्। स्थापितले १९ हजार २ सय ४८ मत ल्याएका छन्।

गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १९ हजार ८३ मत पाएकी छन्।अहिले ७,९,१०,११,२४,२५,२६,२७ र ३१ वडाको गणना जारी रहेको छ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment