सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार उजुरी

२० वैशाख, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६३ हजार ७१८ वटा उजुरी परेका छन्।

बिहीबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आयोगका सचिव उदयराज सापकोटाले यसबारेमा जानकारी गराएका हुन्।

उनकाअनुसार एउटै घटनाको उजुरीहरु धेरै छन्। एउटा घटनाको एक हजार, १० हजार, १५ हजार पनि उजुरीहरु पनि हुनसक्ने बताए।

उनले उजुरी भन्दा पनि घटनाका विषयहरुलाई हेरेर जानुपर्नेमा जोड दिए। उनले जिल्लाको तहमा हेर्दा सल्यानमा ५ हजार ५०२ वटा उजुरी परेको बताए।

उनले अछाम र कपिलवस्तुमा ४ हजार भन्दा बढी उजुरी परेको र ३ हजार भन्दा माथि उजुरी भएको जिल्ला एउटा र दुई हजार भन्दा माथि उजुरी भएका एउटा जिल्ला रहेको बताए।

उनले एक हजार माथि उजुरी भएका जिल्ला १३ वटा रहेको बताए। उनले सामान्य प्रकृतिका उजुरीहरु बढी रहेको पनि बताए। उनले अहिले २ हजार २६८ उजुरीहरु तामेलीमा राखेको र केही उजुरी पुनः जगाउन पाउँ भनेर निवेदन आएको अवस्था रहेको बताए।

उनले घटना किन भयो र त्यो घटना हुनुको पछिको तात्पर्य के हो भनेर हेर्न उजुरीहरुको निरुपण हुन जरुरी रहेको बताए।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment