शुक्रबारको प्रि-ओपन सेसनमा नेप्से सामान्य अंक बढ्यो

०६ जेठ, काठमाडाैँ । साताको अन्तिम कारोबार शुक्रबारको प्रि-ओपन सेसनमा बजार सूचक नेप्सेमा ०.५८ अंकको सामान्य वृद्धि भएको छ। यससँगै नेप्से सूचक २२५१.४९ बिन्दुमा पुगेको छ । यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.२१ अंक बढेको छ।

शुक्रबार प्रिओपन सेसनमा ३ कम्पनीको ५० कित्ता सेयर १९ हजार ८१५ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। कारोबारमा आउका तीनवटै कम्पनीको सेयरमूल्य बढेको छ।

अघिल्लो कारोबार दिन बिहीबार नेप्से २३.५१ अंक घटेर २२५०.९१ बिन्दुमा बन्द भएको थियो ।

सरकारले जेठ १ गतेदेखि आइतबार विदा दिने निर्णय गरेसँगै आज पहिलो पटक शुक्रबार सेयर कारोबार भएको हो । अबदेखि सोमबारदेखि शुक्रबारसम्म सातामा ६ कारोबार दिन सेयर कारोबार हुने नेप्सेले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment