सुनको भाउ ४०० रुपैयाँले सस्तियो, चाँदीको भाउ भने यथावत

०६ वैशाख, काठमाडाैँ । पहेँलो धातु सुनको भाउ नेपाली बजारमा मंगलबार तोलामा ४०० रुपैयाँले सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सोमबारको तुलनामा सोमबार सुनको भाउ ४०० रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुनको भाउ पनि ४०० रुपैयाँले बढेर १ लाख १ हजार ६०० रुपैयाँमा झरेको छ । चाँदीको भाउ भने आज यथावत रहँदै तोलाको १ हजार ४२० रुपैयाँमा नै कारोबार भैरहेको छ ।

नेपाली बजारमा सोमबार छापावाला सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ, तेजावी सुनको १ लाख २ हजार रुपैयाँ र चाँदी तोलाको चाँदी १ हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । सुन सोमबार तोलामा ५०० ले र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९७४ र चाँदी प्रतिऔंस २५ दशमलव ७७ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

बजारमा सुनचाँदीका आयातमा बैंकहरुले एलसी नखोलेपछी यसको प्रत्यक्ष प्रभाव देखिएको छ । विवाहको मौसम सुरु भएकाले सुन तथा चाँदीका माग बढ्ने हुँदा सरकारले यसको वैकल्पिक उपायमा ध्यान दिन व्यवसायीहरुले माग गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarGold & SilvernepalNewsSilpa Setty
Comments (0)
Add Comment