उच्च हिमाली बस्तीमा पनि लामखुट्टे

२३ फागुन, गलेश्वर । गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भागमा पनि देखिन थालेको छ । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै पृथ्वीमा समयमै पानी नपर्ने, परे पनि कहिले अतिवृष्टि त कहिले अनावृष्टि हुने भइरहेको छ । यसैगरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वनजङ्गल नै सुक्ने अवस्था आइरहेको छ ।

जलवायु परिवर्तनकै कारण नयाँनयाँ रोग देखिएका छन् । यसले विश्वकै लागि एक प्रमुख चुनौतीको विषय बनाएको र असर बढ्दै जाँदा नेपालका हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा बढेको छ ।

वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षात्मा हुने घटबढका कारण पृथ्वीको कुनै पनि भागको मौसममा हुने परिवर्त नै जलवायु परिवर्तन हो । पृथ्वीको वायुमण्डलमा खासगरी नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइडजस्ता ग्यास घटबढ भएमा जलवायु परिवर्तन हुने मौसमविज्ञ बताउँछन् ।

हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, नाइट्रोजन र मिथेनजस्ता ग्यासको मात्रा दिन प्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भएर र हतिरगृहको ग्यास बढ्न पुग्दा पनि जलवायु परिवर्तन हुन्छ । जलवायुमा भएको परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत नराम्रो असर देखिन थालेका चिकित्सक तथा वातावरण विज्ञले बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationhealthInternationalMosquitoesNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineWeather
Comments (0)
Add Comment