मौसम : आज ४ प्रदेशमा हल्का वर्षा

१६ बैशाख, काठमाडौँ । पश्‍चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज ४ प्रदेशका पहाडी इलाकामा हल्का वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी, मधेश र कोशीका थोरै स्थानमा हावाहुरी आउने सम्भावना पनि छ।

आज राति कोशी, गण्डकी र कर्णालीका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्‍चिमका पहाडी भेगका १-२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै, लुम्बिनी, मधेश र कोशीका थोरै स्थानमा हावाहुरी आउने सम्भावना पनि छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment