सेयर बजारमा ‘करेक्सन’, नेप्से परिसूचक घटे पनि कारोबार बढ्यो

०४ माघ, काठमाडाैँ । साताको दुई कारोबार दिन (आइतबार र सोमबार) उकालो लागेको सेयर बजारमा आज भने केही ‘करेक्सन’ देखिएको छ। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापन गर्ने परिसूचक (नेप्से) १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा ओर्लिएको छ।

आइतबार र सोमबार नेप्से क्रमशः ६९ र २०.६९ अंकले बढेर २९४७.४३ बिन्दुमा पुगेको थियो।

आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स सूचक भने १.१० अंकले बढेर ५४७.४६ बिन्दुमा उक्लिएको छ। सोमबार यस्तो सूचक ३.७० अंकले बढेर ५४६.३३ बिन्दुमा आइपुगेको थियो।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) का अनुसार मंगलबार कूल आठ अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेप्से सूचक घटे पनि आज कारोबार रकम सोमबारको तुलनामा बढेको छ। सोमबार कूल सात अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

आज कारोबारमा आएका कूल २२४ वटा कम्पनीका एक करोड ६० लाख चार हजार ५३० कित्ता सेयर किनबेच भएका छन्। आज कारोबारमा आएको ४५ कम्पनीको सेयर मूल्य बढेको छ। यसैगरी १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी तीन कम्पनीको सेयर मूल्य यथावत् रहेको नेप्सेले जानकारी दिएको छ।

आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य १० सबैभन्दा धेरै बढेर सकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो। आज २८ करोड ११ लाख रुपैयाँभन्दा बढीसहित खरिद-बिक्री रकममा अपी पावर अग्रस्थानमा रह्यो। यसैगरी, दोस्रोमा अरुण भ्याली हाइड्रोपावर र तेस्रोमा नेपाल टेलिकम परेका छन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment